FAQs Complain Problems

पालिका गतिविधि

रूरूक्षेत्र गाउँपालिकाको वडा नं. २ मा संचालन भएको आलु पकेट कार्यक्रममा कृषकहरूलाई यान्त्रिक उपकरण हस्तान्तरण र कृषकसँग अन्तरक्रिया गर्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, वडाध्यक्ष घनश्याम अर्याल, पशु विकास अधिकृत अमित ज्ञवाली, कृषि अधिकृत प्रकृती ज्ञवाली ।

मिति: 02/01/2024 - 09:24
, , , , , , , , ,

रुरुक्षेत्र गाँउपालिकाको पशु विकास शाखाद्वारा ६३ वटा सार्वजनिक कुकुरहरूको बन्ध्याकरण तथा रेबीज़ रोग नियन्त्रणको लागी बलेटक्सार तथा रिडी बजारमा कुकुर बन्ध्याकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

मिति: 02/01/2024 - 09:23
, , , , , ,

रूरूक्षेत्र गाउँपालिकाले माघी सङ्क्रान्ति पर्वलाई लक्षित गरेर रिडी बजार अनुगमन निरीक्षण गरेको छ ।

मिति २०८०/०९/२६

मिति: 01/12/2024 - 09:24

देहायको कार्यमा सहयोग पुर्‍याउन रुरुक्षेत्र गाउँपालिकाले नेपालको संविधानको अनुसूची ८ बमोजिम नगर प्रहरीको व्यवस्था गरेको छ । रुरुक्षेत्र गाउँपालिकाले नगर प्रहरीलाई देहाय बमोजिमका कार्यहरुमा खटाउने भएको हुँदा आम नागरिकहरुले आवश्यक सहयोग तथा समन्वय गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।

नगर प्रहरी सम्पर्क नम्बर : ९८५७०१८५१६

१) गाउँपालिकाको निति कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन गर्ने गराउने

२) गाउँपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने ।

२) स्थानिय सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यावस्थापन गर्ने ।

मिति: 01/10/2024 - 09:24
, , , , , , ,

रूरूक्षेत्र गाउँपालिकाको आ.व. ०८०/०८१ को नीति कार्यक्रम र बजेट संशोधन सम्बन्धमा मिति २०८०/०९/२३ गते सम्पन्न भयो । पन्ध्रौ गाउँसभाबाट रू ४ करोड ३१ लाख ४९ हजार ३ सय (चालु : १ करोड १ लाख र पूँजीगत : ३ करोड ३० लाख ४९ हजार ३ सय) को बजेट संशोधन गरी कुल बजेट ५७ करोड ६२ लाख १७ हजार कायम भएको छ ।

मिति: 01/08/2024 - 09:24
, , , , , , , , , , , , , ,

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ (LISA) र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) को स्वमूल्याङ्कन सम्बन्धमा कार्यपालिका सदस्य र शाखा प्रमुखहरूको अभिमुखिकरण कार्यक्रम आज मिति २०८०/०९/१८ गते सम्पन्न भयो । कार्यक्रमको लागि जिल्ला समन्वय प्रमुखज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।

मिति: 01/03/2024 - 09:24
, ,

रूरूक्षेत्र गाउँपालिकाको आ.व. ०८०/०८१ को प्रथम चौमासिक अवधीको प्रगती समीक्षा र सो अवधीमा गाउँपालिकाबाट सम्पादन भएका विभिन्न कृयाकलाप, विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धमा नागरिकको चासो,गुनासो र प्रतिकृया तथा सुझावको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम मिति २०८०/०८/२९ गते सम्पन्न भयो ।

मिति: 12/16/2023 - 13:48
, , , , , ,

रूरूक्षेत्र गाउँपालिकाको वडा पहुँच मार्ग स्तरोन्नती गर्ने कार्यक्रम अन्तर्गत गाउँपालिकाको गौरवको योजना चौतरा-नेटा-लोक्मा-देउराली खण्डको २ करोड ३९ लाखको सडकको स्तरोन्नती (कालोपत्रे र ग्राभेल) गर्ने कार्य आज मिति २०८०/०८/२४ गते गाउँपालिका अध्यक्ष यदु ज्ञवालीज्यूबाट योजनाको जानाकारी गराउने कार्यक्रम सहित शिलान्यास गर्ने कार्य सम्पन्न भयो ।

मिति: 12/10/2023 - 13:48
, , , , ,

"लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता " भन्ने मुल नारा सहित संचालित १६ दिने लैङ्गिक हिंसा विरूद्वको अभियानको अन्तिम दिन आज मिति २०८०/०८/२४ गते पालिकास्तरीय अनुशिक्षण कार्यक्रम गाउँपालिकाको सभाहलमा भब्य रुपमा सम्पन्न गरिएको छ ।

मिति: 12/10/2023 - 13:48
, , , , ,

२२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ । समाजको स्वास्थ्य दुतको रूपमा कार्यरत सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई रूरूक्षेत्र गाउँपालिका उच्च सम्मान गर्दछ ।

मिति: 12/05/2023 - 13:48
,

Pages