FAQs Complain Problems

पालिका गतिविधि

रूरूक्षेत्र गाउँपालिका र छत्रदेव गाउँपालिका, अर्घाखाँचीको लागत साझेदारीमा पवित्र रिडीधाममा दाहसंस्कार कार्य गर्न आउनुहुने मलामीहरूको सुविधाको लागी छत्रदेव-रूरूक्षेत्र विश्रामस्थल (शौचालय, खानेपानी र बस्नेस्थल) निर्माणको लागी प्रारम्भिक छलफल र स्थान छनौटमा छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, रूरूक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे र भेषराज घिमिरे, ईन्जिनीयर साजन पाण्डे, वडाध्यक्ष नवराज वि.क., निवर्तमान वडाध्यक्ष रामबहादुर वि.क.

मिति: 12/02/2023 - 13:48
, , , ,

रूरूक्षेत्र गाउँपालिकाका नागरिकहरुको स्वास्थ्यमा ख्याल गर्दै शरीरको अत्यन्त संवेदनशील अंग आँखाको मोतियाविन्दुको निशुल्क शल्यक्रिया गर्न आज मिति २०८० मंसिर ५ गतेका दिन रूरूक्षेत्र गाउँपालिका र नेपाल नेत्र ज्योति संघ गुल्मी, जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र बिच सम्झौता भएको छ । रूरूक्षेत्रका नागरिकहरूलाई आँखाको मोतियाविन्दुको शल्यक्रिया गर्दा कुनै शुल्क तिर्नुपर्ने छैन, शल्यक्रियाको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्नेछ । सम्झौता कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, नेपाल नेत्र ज्योति संघ गुल्मीका अध्यक्ष अखिलेश्वर

मिति: 11/21/2023 - 13:48

आज मिति २०८० कार्तिक २२ गते देखि २४ गते सम्म रूरूक्षेत्र गाउँपालिकामा संचालन हुने ५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता ऊद्घाटन सत्रको कार्यक्रम सम्पन्न भयो । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता तथा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्री, विशेष अतिथि उप प्रमुख तेजिन्द्र सलामी मगर, गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, सामाजिक विकास समिति संयोजक शेषनारायण पौडेल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरू, शिक्षा शाखा प्रमुख झविलाल वि.क. लगायतको उपस्थिती रहेको थियो ।

मिति: 11/08/2023 - 13:48
, , , , , , , , , , , , , ,

"विवादको साटो मेलमिलापको बाटो" : "हाम्रो समस्या हाम्रै समाधान : मेलमिलाप"

मिति: 11/07/2023 - 13:48
, , , , , , ,

जिल्ला भलिबल संघलेको आयोजनामा संचालन भएको प्रथम गुल्मी भलिबल कप २०८० मा महिला तर्फ सान्त्वना पुरस्कार प्राप्त गर्न सफल रूरूक्षेत्र गाउँपालिकाका महिला खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौ । खेलमा सहभागी पुरुष खेलाडीहरूलाई पनि उत्कृष्ट खेलको लागि हार्दिक बधाई ज्ञापन गर्दछौ । आगामी दिनमा अझै उत्कृष्ट नतिजा प्राप्त गर्न खेलाडीहरूलाई उत्प्रेरित गर्न खेलाडीसंग गाउँपालिका निरन्तर साथमा रहने छ । खेलको व्यवस्थापनको लागि खटिनु भएका सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

मिति: 11/05/2023 - 13:48
, , , , ,

सफा रहौं स्वस्थ बनौं, स्वास्थ्य सभ्यता र विकासका लागि सरसफाई भन्ने मुख्य उद्देश्यले रूरूक्षेत्र गाउँपालिकाको आयोजनामा बलेटक्सार र रानीवास बजारमा नेपाल सरकारका पूर्व मुख्य सचिव,चिनका लागि पूर्व राजदूत, बाग्मती सफाईका अभियान्ता आदरणीय व्यक्तित्व लिलामणी पौडेलज्यूको विशेष उपस्थितीमा राजनीतिक दल, महिला समूह, युवा क्लब, जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायतको उपस्थितीमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भयो ।

१. सरसफाई नै स्वस्थ जीवनको आधार हो

२. हाम्रो गाउँ सफा बनाउ, स्वस्थ बनौ

३. हाम्रो फोहोर हाम्रो जिम्मेवारी

४. फोहोर फाल्नेलाई देख्नेले टिप्न लगाउ

मिति: 10/18/2023 - 13:48
, , , , , , , , , , , , , , ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजना तथा रूरूक्षेत्र गाउँ कार्यपालिकाको कार्यालयको समन्वयमा आज मिति २०८०/११/२० गते भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

मिति: 03/03/2023 - 12:28
, , , , ,

रूरूक्षेत्र गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा सुशासन, सेवा प्रवाह, नागरिकता सिफारिस, व्यक्तिगत घटना दर्ता, आत्महत्या न्यूनिकण सम्बन्धमा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सुशासन, सेवा प्रवाह, नागरिकता सिफारिस, व्यक्तिगत घटना दर्ता सम्बन्धमा आइरहेका व्यवहारिक समस्या र कानूनी प्रावधानको बारेमा जानाकारी गराउनु भएको थियो त्यस्तै आत्महत्या न्यूनिकरण सम्बन्धमा प्रहरी नायव उपरीक्षक DSP डिल्लीनारायण पाण्डेले अभिमुखिकरण गर्नु भएको थियो । गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा संचालन भएको कार्यक्

मिति: 02/16/2023 - 13:48
, , , , , , , , , ,

Pages