सूचना
कृषकसँग गाउँपालिका
आगामी आ.व. ०८१/०८२ को कृषि सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्न, कृषकहरूका समस्याहरू बुझ्न, कृषकहरूका अनुभवहरूलाई ग्रहण गरी समग्र कृषिको क्षेत्रमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले आज मिति २०८०/१०/२९ गतेका दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गर्नु भएको थियो, कार्यक्रमको प्रमुख अतिथि पूर्व माननीय कमलराज श्रेष्ठ, विशेष अतिथि गाउँपालिकाका उपाध्यक्ष मिना देवि गौतम, प्रथम अध्यक्ष निलकण्ठ गौतम, गाउँपालिकाका सबै वडाका अगुवा तथा व्यवसायीक कृषकहरू, गाउँपालिकाका कृषि र पशु अधिकृत, वडाका प्राविधिक कर्मचारीहरूको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो भने कार्यपत्र पशु विकास अधिकृत अमित ज्ञवालीले प्रस्तुत गर्नु भएको थियो, कार्यक्रम संचालन सामाजिक तथा आर्थिक विकास शाखाका प्रमुख दामोदर ज्ञवालीले गर्नु भएको थियो ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



