रूरूक्षेत्र गाउँपालिका र छत्रदेव गाउँपालिका, अर्घाखाँचीको लागत साझेदारीमा पवित्र रिडीधाममा दाहसंस्कार कार्य गर्न आउनुहुने मलामीहरूको सुविधाको लागी छत्रदेव-रूरूक्षेत्र विश्रामस्थल (शौचालय, खानेपानी र बस्नेस्थल) निर्माणको लागी प्रारम्भिक छलफल र स्थान छनौटमा छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, रूरूक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे र भेषराज घिमिरे, ईन्जिनीयर साजन पाण्डे, वडाध्यक्ष नवराज वि.क., निवर्तमान वडाध्यक्ष रामबहादुर वि.क. गाउँपालिकाका कर्मचारी,स्थानीय समाजसेवी लगायतको उपस्थिती रहेको थियो । रूरूक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पूनित कार्यको लागि सबैले सहयोग र संरक्षण गर्न सबैलाई अनुरोध गर्नुभयो । छलफल कार्यक्रममा दुवै गाउँपालिका अध्यक्षले निर्माण कार्य चाडै सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
मिति २०८०/०८/१६