सफा रहौं स्वस्थ बनौं, स्वास्थ्य सभ्यता र विकासका लागि सरसफाई भन्ने मुख्य उद्देश्यले रूरूक्षेत्र गाउँपालिकाको आयोजनामा बलेटक्सार र रानीवास बजारमा नेपाल सरकारका पूर्व मुख्य सचिव,चिनका लागि पूर्व राजदूत, बाग्मती सफाईका अभियान्ता आदरणीय व्यक्तित्व लिलामणी पौडेलज्यूको विशेष उपस्थितीमा राजनीतिक दल, महिला समूह, युवा क्लब, जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायतको उपस्थितीमा वृहत सरसफाई कार्यक्रम सम्पन्न भयो ।
१. सरसफाई नै स्वस्थ जीवनको आधार हो
२. हाम्रो गाउँ सफा बनाउ, स्वस्थ बनौ
३. हाम्रो फोहोर हाम्रो जिम्मेवारी
४. फोहोर फाल्नेलाई देख्नेले टिप्न लगाउ
५. आफ्नो पसल र घरको फोहोर आफै व्यवस्थापन गरौ
६. सडकमा जथाभावी फोहोर नफालौ
७. कुहिने र नकुहिने फोहोरलाई छुट्टाएर राखौ
८. सफा, स्वच्छ, हराभरा, स्वस्थ रूरूक्षेत्र निर्माणमा सबै लागौ
मिति २०८०/०७/०१