"विवादको साटो मेलमिलापको बाटो" : "हाम्रो समस्या हाम्रै समाधान : मेलमिलाप"
आज मिति २०८०/०७/२१ गतेका दिन रूरूक्षेत्र गाउँपालिकामा सूचीकृत मेलमिलापकर्ताहरूको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय विवाद निरुपणको लागि वडाहरूमा रहेका मेलमिलाप केन्द्रबाट सहज र प्रभावकारी रूपमा नागरिकका विवाद, स्थानीय न्यायीक समितिको कार्यसम्पादनको प्रभावकारीता बढाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, न्यायिक समिति संयोजक एवं उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, न्यायिक समितिका सदस्य शेषनारायण पौडेल र दुर्गा विश्वकर्माको उपस्थिती थियो भने कार्यक्रम सञ्चालन रोजगार संयोजक विष्णु रेश्मिले गर्नुभएको थियो।