रूरूक्षेत्र गाउँपालिकाका नागरिकहरुको स्वास्थ्यमा ख्याल गर्दै शरीरको अत्यन्त संवेदनशील अंग आँखाको मोतियाविन्दुको निशुल्क शल्यक्रिया गर्न आज मिति २०८० मंसिर ५ गतेका दिन रूरूक्षेत्र गाउँपालिका र नेपाल नेत्र ज्योति संघ गुल्मी, जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र बिच सम्झौता भएको छ । रूरूक्षेत्रका नागरिकहरूलाई आँखाको मोतियाविन्दुको शल्यक्रिया गर्दा कुनै शुल्क तिर्नुपर्ने छैन, शल्यक्रियाको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्नेछ । सम्झौता कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, नेपाल नेत्र ज्योति संघ गुल्मीका अध्यक्ष अखिलेश्वर पाण्डे, शेर बहादुर थापा, पदमप्रसाद पाण्डे, विर बहादुर कार्कीको उपस्थिती रहेको थियो ।