रूरूक्षेत्र गाउँपालिकाको आयोजना तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजिकरणमा शाखा प्रमुख, वडा सचिव र कार्यपालिका सदस्यहरूको लागि आज मिति २०८० माघ १९ गतेका दिन सुशासन प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता, नेपाल सरकारका पूर्व मुख्य सचिव एवं चिनका लागि नेपाली राजदूत लिलामणी पौड्यालको प्रमुख आतिथ्यता र सह सचिव डा. नारायणप्रसाद रेग्मीज्यूको विशेष आतिथ्यता रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले कार्यक्रमको औचित्य, आवश्यकता गाउँपालिकाका असल अभ्यास माथी प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सामाजिक तथा आर्थिक विकास शाखा प्रमुख दामोदर ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रममा सुशासन प्रवर्द्धन सम्बन्धी कार्यपत्र उप सचिव अश्विन कुमार पोख्रेल, शुसासनका असल अभ्यास सम्बन्धी कार्यपत्र उप सचिव आरती न्यौपानेले प्रस्तुत गर्नुभएको थियो त्यसैगरी पूर्व मुख्य सचिव लिलामणी पौड्यालले स्थानीय सरकार र शुसासन विषयमा अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रममा सह सचिव डा. नारायणप्रसाद रेग्मीले समग्र अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो ।