गुल्मी जिल्लाको पूर्वी भेगमा पवित्र कालिगण्डकीको तटीय क्षेत्रमा रुरु गाउँपालिका अवस्थित छ | हाम्रो देशको २०७२ असौज ३ को संघिय संबिधान अनुसार २०७३ फाल्गुन २७ मा स्थानिय तहको रुपमा रुरु गाउँपालिकाको घोषणा भएको हो | संघिय संरचना अघि यस क्षेत्रमा रुरु ,थानपति ,ग्वादी ,बलेटक्सार ,बम्घा र रिमुवा गरि ६ वटा गा.वि.स . हरु रहेका थिए | उक्त ६ वटा गा.वि.स. हरुको मिलन भै रुरु गाउँपालिकाको जन्म भएको हो | नेपालका प्रशिद्ध चार धाम मुक्तिक्षेत्र ,रुरु क्षेत्र ,पशुपति क्षेत्र र वराह क्षेत्र मध्येको रुरु क्षेत्रधाम यसै गाउँपालिकामा रहेको र त्यसैको नामबाट हाम्रो यस गाउँपालिकाको नामाकरण भएको छ |